दफा २३
अन्य हानि, नोक्सानीबाट बचाउन असल नियतले गरेको काम कसूर नहुने

कसैलाई कुनै हानि, नोक्सानी हुने कुनै काम तत्काल नगरे आफ्नाे वा अरु कसैको जीउ, ज्यान वा सम्पत्तिमा त्यसभन्दाठूलो हानि, नोक्सानी हुने निश्चित भई आपराधिक नियत विना र संभावित ठूलो हानि, नोक्सानी रोक्ने वा टार्नेउद्देश्यले असल नियतले त्यस्तो हानि, नोक्सानी हुने काम गरेमा हानि पुग्न सक्छ भन्ने जानीजानी गरेको कारणलेमात्र त्यस्तो काम कसूर मानिने छैन ।